नुवाकोटमा पहिरोले एक विद्यालय र ३ घरमा क्षति, ५ घर जोखिममा

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiroo.PNG

नुवाकोट । लगातारको वर्षाका कारण नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ सरमथलीमा पहिरोले एक विद्यालयसहित तीन घरमा क्षति पुगेको छ । पाँच घर उच्च जोखिममा छन् । पहिरोले सरमथलीस्थित भगवान आधारभूत विद्यालयको चारवटा कोठामा क्षति पु¥याएको छ ।

त्यसैगरी स्थानीय गोकर्ण थापा, कुमार थापा र निर्मलजङ्ग थापाको घरमा क्षति पु¥याएको वडा नं ३ का वडाध्यक्ष ध्रुवकर केसीले जानकारी दिए । उनका अनुसार क्षति भएका घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास थालिएको छ । बाँकी जोखिममा रहेका घरधुरीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आइतबार रातिदेखि बगेको पहिरोले सरमथली–हुङ्ग सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोले सडक बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको र पैदल यात्रु आउजाउ गर्न समेत कठिनाइ भएको छ । आज नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूको गाँस–बाँसको व्यवस्था गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । 


Facebook Comments