बझाङमा अवरुद्ध सडक खुलाउन गएको जेसिबी पल्टियोः एक जनाको मृ*त्यु, २ घाइते

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b71f4c99dae.png
तस्बिर एआई

बझाङ । बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ । सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए ।

उनका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा आज साँझ ८ बजे जेसिबी पल्टिँदा जेसिबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए । 


Facebook Comments