रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने राप्रपाकाे निर्णय पार्टीभित्रै विवादमा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b80ff95e270.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय समितिको बैठकले गरेको रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा परेको छ । राप्रपाले १७ कात्तिकमा हुने उपनिर्वाचनमा प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने निर्णय गरे लगत्तै पार्टीभित्रै विवाद सुरु भएको हो ।

रुपन्देही जिल्ला कमिटी सदस्य ज्ञानेश श्रेष्ठले प्रारम्भिक निर्वाचन प्रणाली पार्टी विधानमा नभएको उल्लेख गर्दै बहिष्कार गर्ने बताएका छन् । त्यसैगरी रुपन्देही–३ ‘ख’ का अध्यक्ष प्रेमबहादुर कुँवरले बुधबार विज्ञप्ति निकालेर प्रारम्भिक मतदान बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

केन्द्रले गरेको निर्णय विरुद्धमा धारणा बनाउनका लागि रुपन्देहीमा बैठक समेत आव्हान समेत गरिएको छ । केन्द्रले पठाएका प्रतिनिधिहरूसँग छलफल भइरहेको लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले बताए । 

रुपन्देहीको अवस्था, वस्तुस्थिति, भौगोलिक अवस्थिति, जिल्ला नेता कार्यकर्ताको मानसिकता प्रारम्भिक चुनावबाट उम्मेदवार छान्न नहुने रहेको उदयले जानकारी गराए । पार्टी केन्द्रले निर्णय गरे लगत्तै जिल्ला, क्षेत्र, नगर, पालिका समितिले विरोध गरेको उदयले बताएका छन् ।

 


Facebook Comments