भारतमा बर्डफ्लुको संक्रमण देखिएपछि सीमाक्षेत्रमा उच्च सतर्कता

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b85425c7703.jpg

बैतडी । भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए । 

भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । उनले भने, “सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।”

यहाँको भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो । 

गाउँपालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यमा संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ । 

बर्डफ्लु कुखुरा र पक्षीको अतिसङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्दछ । बर्डफ्लु सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । बिरामी गम्भीर भएमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिन गइ बिरामीको मृत्युसमेत हुनसक्छ । 


Facebook Comments