सामाजिक सञ्जाल बन्द हुन समय लाग्ने, दर्ता गर्न मेटाले माग्यो विवरण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b91686428e6.jpg

काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्‍ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) सरकारलाई यस्तो जानकारी गराएको हो । सूचीकृत हुन नआएका सामाजिक सञ्चाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनका लागि आइस्पानले समय लाग्ने जनाएको हो । प्राविधिक समितिलाई सक्रिय बनाएर भोलि दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि निर्णय कार्यान्वयन गर्ने आइस्पानले जनाएको छ । 

यता, फेसबुकको माउ कम्पनी मेटाले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा जानकारी मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो । मेटाले इमेलमार्फत् माग गरेको जानकारी मन्त्रालयले इमेलमार्फत् पठाएको उनले बताए । 


Facebook Comments