ट्याँउट्याउँ खोलामा माछा मार्ने क्रममा क*रेन्ट लागेर एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

बागमती । माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे जितदमारमा आज एक जनाको मृत्यु भएको छ । विद्युत्को तारबाट हुक गरी ट्याँउट्याउँ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय २४ वर्षीय विजय थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

करेन्ट लागेर सिकिस्त भएका थिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रनाउ अर्यालले बताए । 


Facebook Comments