रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका एक मजदुरको मृ*त्यु

किमाथांका । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए ।
आज दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो ।
Facebook Comments