सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनको भाउले आज (आइतबार) नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रति तोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
यो मूल्य गत शुक्रबारको तुलनामा २ हजार रुपैयाँले बढी हो । गत शुक्रबार सुन प्रतितोला २ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि प्रति तोला १० रुपैयाँले बढेर २ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
गत बुधबार एक तोला सुन २ लाख ७ हजार ९ सय रुपैयाँ र चाँदी २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस ३,५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments