म्याग्दीमा एक वर्षमा १ अर्बको आलु र सुन्तला बिक्री


म्याग्दी । गत आर्थिक वर्ष २०८१/८२ मा म्याग्दी जिल्लाबाट करिब १ अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार, सो अवधिमा ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो ।
केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार, गत वर्ष १ हजार ८२० हेक्टरमा उत्पादन भएको ३५ हजार ४९० मेट्रिकटन आलु प्रति किलो ३५ रुपैयाँका दरले बिक्री भएको थियो । यसैगरी, ४२५ हेक्टरमा उत्पादन भएको ४ हजार ७८१ मेट्रिकटन सुन्तला प्रति किलो ८० रुपैयाँका दरले बिक्री भएको थियो ।
म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनलगायतका बजारमा पुग्ने गर्छ। सवारीसाधनको पहुँच बढेपछि गाउँगाउँमा उत्पादित कृषि उपजले बजार पाउन थालेको हो ।
कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आलु र सुन्तलाखेती विस्तार तथा प्रवद्र्धनका लागि किसानहरूलाई विभिन्न अनुदान र सहयोग प्रदान गर्दै आएका छन् ।
यस वर्ष सुन्तला जोनका लागि ५३ लाख ८५ हजार र आलु जोनका लागि १६ लाख ६८ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।
Facebook Comments