महोत्तरीमा चार दिनदेखि एक बालक बेपत्ता


जलेश्वर । महोत्तरीको बर्दिवासमा एक बालक विगत चार दिनदेखि बेपत्ता भएका छन् ।
बर्दिवास नगरपालिका–१२ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका १३ वर्षीय गौतम पासवान गत बिहीबार घरबाट साइकलमा विद्यालय गएका थिए, तर उनी अहिलेसम्म घर फर्किएका छैनन् ।
गौतमका काका प्रमोद पासवानका अनुसार, बालक बेपत्ता भएपछि परिवारले प्रहरी चौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश बमले बालकको खोजीका लागि प्रहरी टोली सक्रिय भइसकेको जानकारी दिए ।
Facebook Comments