पूर्वपत्नीलाई बला*त्कार गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर गुरुङ जेल चलान

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd482cbc1c2.jpg

काठमाडौं । पूर्वपत्नीबाटै बलात्कार र ज्यान मार्ने उद्योगको गम्भीर आरोप लागेपछि नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले सोमबार गुरुङलाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि उनी नख्खु कारागार चलान भएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर गुरुङलाई पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।

कारागार चलान भएका इन्स्पेक्टर गुरुङले केही समयअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाटै पीडित भएको दाबी गरेका थिए । उनले सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको समेत बताएका थिए ।


Facebook Comments