रसियाले हान्यो युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल, सरकारी भवनमा क्षति

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd917baffa1.jpg

किभ । युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ ।

यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागी समेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि अहोरात्र खटिएका छन् ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भने, “युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।” प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको छ ।

युक्रेनको आपतकालीन सेवा विभागले  राजधानी किभमा भएको हमलाका कारण एक आमासहित दुई महिनाका शिशुको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको जनाएको छ, भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन् । 


Facebook Comments