जनकपुरस्थित एमालेका सचिव रघुवीर महासेठको घरमा ढुंगामुडा

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको घरमा ढुंगामुढा प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित महासेठको घरमा प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन् ।
जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।
Facebook Comments