जेनजीलाई संयमित हुन मेयर बालेनको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र प्रदर्शनमा उत्रिएका ’जेनजी’ पुस्ताका युवाहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो आग्रह गर्दै अबको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
मेयर शाहले लेखेका छन्, ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला!’
Facebook Comments