अब मुलुकको नेतृत्व जेनजीकै मागअनुसार हुन्छः रवि लामिछाने

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-1 daju.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारी सम्पत्तिको क्षति राष्ट्रकै क्षति भएकाले संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै भएको बताएका छन् । उनले आज एक प्रेस अपिल जारी गर्दै हामी अब अत्यन्त संयमित भइ राष्ट्रका सम्पत्ति जोगाउन जरुरी रहेको स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री लामिछानेले अपीलमा भनेका छन्, “राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलयलगायत दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुनसक्छन् । जुन तपाईं हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन् ।”

उनले अहिले भएको आन्दोलन विसुद्ध जेनजीको भएकाले मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पना अनुरूप अघि बड्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । 

आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष लामिछानेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 


Facebook Comments