जेनजीलाई वार्तामा आउन प्रधानसेनापतिको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ भदौ २४ गते २३:३६
Image of https://mayorsap.com/storage/photos/10/68c04d2c6acaa.jpg

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गरेका छन् ।देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले आन्दोलनका क्रममा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अब क्षति हुन नदिन र शान्ति सुरक्षा, अमन चयन र शान्ति कायम गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन् ।  

उनले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताएका छन् । 

प्रधान सेनापति सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए । उनले राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन्।

 


Facebook Comments