सर्वोच्च अदालतको काम ठप्प, सबै पेसी स्थगित

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c10e98a9b87.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले भवनमा आगजनी गरेपछि सर्वोच्च अदालतको सम्पूर्ण काम कारबाही ठप्प भएको छ ।

अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सबै पेसी स्थगित गरेको जनाएको छ ।

सो सूचनामा भनिएको छ, “आगजनीका कारण सर्वोच्च अदालत पूर्ण रूपमा जलेर मुद्दाका मिसिल, सर्भर र इजलासलगायत सबै नष्ट भएका छन्। यसकारण आजका लागि तोकिएका पेसी स्थगित गरिएको र अब अर्को सूचना नआएसम्मका लागि सबै मुद्दाको सुनुवाइ पनि स्थगित गरिएको छ।”

सर्वसाधारणलाई परेको असुविधाप्रति सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ ।


Facebook Comments