पर्यटन बोर्डद्वारा पर्यटकलाई सहजीकरण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c15fa0168b3.png

काठमाडौं । देशभरको विषम परिस्थितिको बीचमा पनि नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन र व्यवस्थापनमा सहजीकरण गरिरहेको जनाएको छ । बोर्डले पर्यटकलाई गन्तव्यमा पुग्न सहयोग गर्न सटल बसको व्यवस्थासमेत गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार, नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर पर्यटकलाई विमानस्थलदेखि होटलसम्म र होटलबाट विमानस्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।

जोशीले पदयात्रामा निस्किएका पर्यटकलाई कुनै समस्या नभएको र उनीहरू निर्वाध रूपमा यात्रा गरिरहेको बताएका छन् । मुख्य समस्या काठमाडौंमा रहेका र यहाँबाट फर्कन चाहेका पर्यटकलाई परेको थियो । 

मंगलबार सडक अवरुद्ध हुँदा विमानस्थलमा रोकिएका पर्यटकलाई खानेकुरा दिएर राति सुरक्षा निकायको समन्वयमा होटलमा पुर्याइएको उनले जानकारी दिए ।

बोर्डको तथ्यांकअनुसार, पछिल्लो १० दिनमा हवाई मार्ग हुँदै करिब ३५ हजार पर्यटक नेपाल भित्रिएका छन् । उनीहरूमध्ये अधिकांश पदयात्राका लागि खुम्बु र अन्नपूर्ण क्षेत्रतर्फ लागेका छन् ।

पर्यटकहरूको सहयोगका लागि बोर्डले २४ सै घण्टा सूचना दिने र समस्या परेमा समन्वय गर्ने व्यवस्था मिलाएको छ । यसका लागि बोर्डका सात जना कर्मचारी खटिएका छन्, जसले फोन, टोलफ्री नम्बर र इमेलमार्फत सेवा दिइरहेका छन् ।


Facebook Comments