भरतपुर कारागारबाट भागेका ४ भारतीय कैदीबन्दी एसएसबीको नियन्त्रणमा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

२५ भदौ, रुपन्देही । जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी)को नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा रहेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ । 

ती चार कैदीबन्दीमा गाँजा तस्करी आरोपमा कारागारमा रहेका भारतको उत्तर प्रदेश सम्भल जिल्लाका अनिल गिरी र राजपाल सिंह छन् । त्यसैगरी दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारतकै उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् । 

एसएसबीले उनीहरु नेपालको कारागारबाट भागे पनि भारततर्फ उनीहरुको कुनै कुनै आपराधिक अभिलेख नरहेको जनाउँदै नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आनाकानी गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले साँझ साढे ५ बजे सम्म पनि एसएसबीले उनीहरुलाई हस्तान्तरण नगरेको जानकारी दिए । 

“उनीहरुको भारतमा कुनै आपराधिक रेकर्ड देखिएको छैन भन्दै एसएसबीले हस्तान्तरण गर्न ढिलाइ गरिरहेको छ”, उनले भने, “एसएसबीले माथीको आदेश आएपछि मात्र नेपाली पक्षलाई हस्तान्तरण गर्ने भनेकोले हामी पनि आदेश कुरिरहेका छौँ ।” 


Facebook Comments