कर्फ्युको समय घट्यो, अब बिहान ४ घण्टा र साँझ २ घण्टा बाहिर हिँडन पाइने
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०५:५९
काठमाडौं । नेपाली सेनाले आजदेखि निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ। सेनाले जारी गरेको सूचना अनुसार काठमाडौं ललितपुर र भक्तपुर जिल्लामा आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइनेछ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले जनाएको छ। सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।


Facebook Comments