कैदी भाग्न खोजेपछि रामेछाप कारागारकमा गोली चल्यो, २ जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०४:१२
रामेछाप । रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आज बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।
कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।
हाल कारागारमा ३३४ जना कैदीबन्दिहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
Facebook Comments