चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०५:५७
Image of https://mayorsap.com/storage/photos/10/68c254c86c28c.jpg

चितवन । चितवन जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भदौ २४ गतेदेखि लगाइएको कर्फ्य हटाएर निषेधाज्ञा लगाइएको हो।

आज बिहान ६ बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।


Facebook Comments