उपेन्द्र यादव भन्छन्–संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन

'अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय सकारात्मक'

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते ०४:५३
Image of https://mayorsap.com/storage/photos/10/upendra-yadav sir.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा सिफारिस गर्ने निर्णय सकारात्मक भएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत यादवले संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन नसक्ने समेत बताएका छन् । उनले वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसद्लाई कायमै राख्नुपर्ने उल्लेख गरेका छन् ।

‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ,’ यादव भन्छन्, ‘वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसद्लाई कायमै राख्नु पर्दछ । संसद् विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन्।’

 


Facebook Comments