‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीको आर्यघाटमा अन्त्येष्टि

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते ०९:५९
Image of https://mayorsap.com/storage/photos/10/68c3f7cfe3503.jpg

काठमाडौं । गत २३/२४ गते काठमाडौंको नयाँ बानेश्वरमा जेनजी समूले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि गरिएको छ ।

२४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन प्रहरीको मृत्यु भएको थियोे । ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । 

असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए । हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापा पनि मारिए ।

सोही दिन कोटेश्वरमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गर्दा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए । उनीहरूको आज पशुपति आर्यघाटमा सलामी सहित अन्त्येष्टि गरिएको हो ।


Facebook Comments