बर्दिवासमा एक सय ८३ बोट सालका रुख कटान

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते ०७:०४
Image of https://mayorsap.com/storage/photos/10/68c40d86bcf59.jpg

महेन्द्रनगर । जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो ।

प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ गरे पनि गाउँलेको दबाबमा छाडेको र अनुसन्धान भइरहेको जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाले आगजनी प्रयास गरेका थिए ।

प्रहरीले बुधबार रुख कटानमा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो । गाउँले सयाँैको सङ्ख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो । घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख अजयकुमार मिश्रले जानकारी दिए ।


Facebook Comments