हट्यो काठमाडौं उपत्यकामा कर्फ्यु, जनजीवन सामान्य बन्दै
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते ००:०२
काठमाडौं । काठमाडौं उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ। जेनजी आन्दोलनपछिको विषम परिस्थितिका कारण काठमाडौं, ललितपुर, भक्तपुरमा विगत ६ दिनदेखि कर्फ्यु लाग्दै आएको थियो ।
नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। आज बिहान ६ बजेसम्म मात्र कर्फ्यु कायम थियो ।
तर, आजका लागि सेना र स्थानीय प्रशासन कुनै पनि निकायले निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन् । काठमाडौं उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ। यसैबीच आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । जनजीवन सामान्य बनेको छ ।
Facebook Comments