मोदीले प्रधानमन्त्री कार्कीलाई दिए शुभकामना

User Image मेयरसाप डेस्क | २०८२ भदौ २८ गते १२:४४
Image of https://mayorsap.com/storage/photos/10/68c4f0e2ec36a.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि नेपालमा गठित अन्तरिम सरकारलाई भारतले स्वागत गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (पूर्व ट्विटर) मार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नेपालको शान्ति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै कार्की नेतृत्वको सरकारले शान्ति र स्थिरता ल्याउने विश्वास व्यक्त गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनले देशभर ठूलो क्षति पुर्याएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो।

त्यसपछि प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्दै सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका हुन् । नयाँ जनादेशका लागि आगामी फागुन २१ गते मध्यावधि निर्वाचन हुने तय भएको छ ।


Facebook Comments