बंगलादेशका प्रमुख सल्लाहकारले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते २०:५०
काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले प्रधानमन्त्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका छन् ।
देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा नेपाली जनताले भरोसा एवं विश्वास राख्ने बताउँदै युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने बताए ।
परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
साथै प्रमुख सल्लाहकार युनुसले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
Facebook Comments