नवनियुक्त गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

User Image मेयरसाप डेस्क | २०८२ भदौ ३० गते २१:०३
Image of https://mayorsap.com/storage/photos/10/68c7c72de2785.jpg

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आज उनलाई गृहमन्त्रीको जिम्मेवारी दिएकी हुन् ।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।


Facebook Comments