स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन अन्तरिम सरकार गठन भयो : गृहमन्त्री अर्याल
मेयरसाप डेस्क
|
२०८२ भदौ ३० गते ०६:४५
काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो मुख्य जिम्मेवारी स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु रहेको बताएका छन् ।
आज गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस अन्तरिम सरकारको प्रमुख कार्यभार नै निष्पक्ष निर्वाचन गराउनु रहेको स्पष्ट पारेका हुन् ।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्नु पनि सरकारको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘जनविद्रोहमा सफल हुनेले पनि अब आफ्नो सफलता निर्वाचनबाट पूर्ण रूपमा पुष्टि गर्नुपर्नेछ।’
उनले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको सम्बन्धमा सरकारले छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
Facebook Comments