उच्च मनोबलका साथ काम गर्न ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ भदौ ३१ गते १९:००
Image of https://mayorsap.com/storage/photos/10/68c92016857ca.jpg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ’जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।

मंगलबार कार्यालय पुगेर उनले ट्राफिक प्रहरीहरूलाई उच्च मनोबलका साथ काममा खटिन आग्रह गरेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की लगायतका अधिकारीहरूले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।

गृहमन्त्री अर्यालले हालको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै पुनर्निर्माणका लागि सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए ।

उनले शान्ति सुरक्षा र सुशासनका लागि सरकार गम्भीर रहेको र अब छिट्टै सबै कुरा सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरे ।

आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन र परिसरमा रहेका सवारीसाधन जलेर ध्वस्त भएका छन् ।


Facebook Comments