प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता
मेयरसाप डेस्क
|
२०८२ भदौ ३१ गते २२:०८
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको आगामी भूमिकाबारे छलफल भएको जनाइएको छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका थिए । जवाफमा प्रधानमन्त्रीले देशमा शान्ति र स्थिरता ल्याउन राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
Facebook Comments