मोरङमा आन्दोलनको असरः १ सय ५० भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित

वडा कार्यालयदेखि प्रहरी कार्यालयसम्म क्षति

User Image मेयरसाप डेस्क | २०८२ असोज २ गते २०:०५
Image of https://mayorsap.com/storage/photos/10/68c80462e2808.jpg

मोरङ । जेन–जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर १ सय ५० भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित भएका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्कअनुसार, संघीय कार्यालय ७३ मध्ये २१ वटा क्षतिग्रस्त भएका छन् भने २२ वटा आंशिक रूपमा प्रभावित भएका छन्। त्यस्तै, प्रदेश सरकारअन्तर्गतका कार्यालय ३९ मध्ये १४ वटा क्षतिको सूचीमा परेका छन्।

स्थानीय तहका संरचनामा पनि ठूलो क्षति भएको छ। मोरङका १७ वटा पालिका भवनमध्ये १० वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १५९ वडा कार्यालयमध्ये ५८ वटा प्रभावित भएको प्रशासनले जनाएको छ।

 निजी तथा व्यापारिक क्षेत्र पनि आन्दोलनबाट अछुतो रहन सकेको छैन। हालसम्म १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन र ४ वटा विभिन्न संघ संस्थामा क्षति पुगेको विवरण प्राप्त भएको छ। ८ वटा विभिन्न राजनीतिक दलका कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन्। जसमा नेकपा एमाले, नेपाली कांग्रेसका कार्यालय बढी प्रभावित बनेका छन् । 

 सुरक्षा निकायतर्फ मोरङमा रहेका १७ वटा जनपथ प्रहरी कार्यालय तथा प्रहरी पोष्टमा पूर्ण रुपमा क्षति पुगेको छ भने ४ वटा सशस्त्र प्रहरी पोस्टहरूमा क्षति पुगेको छ।

 

 


Facebook Comments