क्षतिग्रस्त संसद भवन पुगेर सभामुख घिमिरेले भने–संसद विघटन नगरी समाधान खोज्न सकिएको भए राम्रो हुन्थ्यो
'अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्छ'
मेयरसाप डेस्क
|
२०८२ असोज २ गते २३:०५
काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकेको भए राम्रो हुने बताएका छन् । आज सभामुख घिमिरेले क्षतिग्रस्त संसद भवनको अवलोकन गरेपछि यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट नयाँ वानेश्वरस्थित संघीय संसद भवन ध्वस्त भएपछि समाभुख घिमिरे आज अवलोकनका लागि संसद भवन पुगेका थिए ।
अवलोकनपछि पत्रकारसँग कुराकानी गर्दै सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’
जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए ।
अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । ।
Facebook Comments