‘संविधानभन्दा माथि कोही हुँदैन, यसैबाट निकास खोजिनुपर्छ’

User Image मेयरसाप डेस्क | २०८२ असोज ३ गते ०८:४५
Image of https://mayorsap.com/storage/photos/10/68cd1ba164939.jpg

काठमाडौं । संविधान दिवसको अवसर पारेर ‘जेनजी’ समूहका युवाहरूले माइतीघरमा शान्तिपूर्ण भेला गरेका छन् । भेलामा सहभागी युवाहरूले अब देशको निकास संविधानबाटै खोजिनुपर्ने धारणा राखेका छन् ।

भेलामा बोल्दै अधिवक्ता हरिशप्रसाद भट्टले ‘जेनजी’ले परिवर्तनका लागि रगत बगाएकाले संविधानको पालना गर्दै यसलाई सुधार गरेर जानुपर्ने बताए । ‘शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार आवश्यक छ, तर त्यो संविधानभन्दा बाहिर गएर होइन,’ उनले भने ।

अधिवक्ता मनिष खनालले संविधानभन्दा माथि कोही नभएको र सबै सुधारहरू संविधानकै परिधिभित्र रहेर गरिनुपर्ने दोहोर्याए । उनले भने, ‘जुन जनविद्रोह थियो, त्यसले दुई दिनमा नै संविधानमा भएका व्यवस्था पल्टाउन सक्ने भनेर ‘न्यारेटिभ सेट’ गर्न खोजियो त्यो सम्भव छैन ।’

उनले अबको ६ महिनाको संक्रमणकालीन समयमा हुन सक्ने चलखेल रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिए । युवाहरूले परिवर्तनको चाहनालाई सबै मिलेर सम्हालिँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।


Facebook Comments