बहुप्रतिक्षित फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक
मेयरसाप डेस्क
|
२०८२ असोज ३ गते ०९:५२
काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ को आधिकारिक ट्रेलर आज सार्वजनिक भएको छ । यसअघि नै पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक भइसकेको यो चलचित्रले दशैँको फूलपाती अर्थात् असोज १३ गते प्रदर्शनमा आउने तयारी गरेको छ ।
सार्वजनिक ट्रेलरमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देखिएकी छन्। देशभक्तिभाव झल्कने यस ट्रेलरमा कलाकार अर्पण थापा, सौगात मल्ल र हेमन्त बुढाथोकी फरक अवतारमा देखिएका छन् । सौगात मल्लको ‘आफूलाई राक्षस बन्न बाध्य पारेको’ संवाद र समीर भट्टसँगको द्वन्द्व यसको मुख्य आकर्षण बनेको छ ।
निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको भूमिकामा देखिएका छन् । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रलाई निर्देशक सेनले ‘हरेक नेपालीको मनको विद्रोहको प्रतीक’ भनेर बताएका छन् ।
सुजन चापागाईंको स्वर र संगीतमा तयार पारिएको यस चलचित्रको शीर्षक गीत ‘यो ज्यान बलिदान’ ले पनि दर्शकमाझ निकै चर्चा बटुलिसकेको छ । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, कविता राय लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
Facebook Comments