महावीर पुनलाई मन्त्री बन्न प्रधानमन्त्री कार्कीकाे प्रस्ताव
मेयरसाप डेस्क
|
२०८२ असोज ५ गते ११:१४
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न आग्रह गरेकी बताइएको छ । ‘जेनजी’ युवा आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् ।
प्रधानमन्त्री कार्कीले यसअघि नै रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्री, र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रीमा नियुक्त गरेकी छन् ।
‘जेनजी’ आन्दोलनकारी युवाहरूले डा. पुनलाई पनि सरकारमा समावेश गर्नुपर्ने माग उठाइरहेका छन् । नेपालमा ताररहित इन्टरनेट सेवाको सुरुवात गरी रोमन म्यागासेसे पुरस्कार पाएका पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।
Facebook Comments