राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

User Image मेयरसाप डेस्क | २०८२ असोज ५ गते ०८:२३
Image of https://mayorsap.com/storage/photos/10/68cfb08a46d91.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । 

संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’लाई राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

लामो समयदेखि राजनीतिक बहस र विवादको विषय बन्दै आएको यो विधेयक अन्ततः राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अब यसले कानुनको रूप पाएको छ । 

यसअघिका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म संसदबाट पारित भएको यही विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता पठाएपछि नागरिकताको विषयले थप जटिलता पाएको थियो ।

विशेष गरी जन्मसिद्धका आधारमा नागरिकता पाउनेका सन्तान, बाबुको पहिचान नभएका र वंशजका आधारमा नागरिकता प्राप्त गर्न नसकेका नागरिकहरूले अब सहज रूपमा नागरिकता प्राप्त गर्न सक्नेछन् ।

वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशमा सन्तान जन्माउने तर नेपाल फर्किदा त्यस्ता सन्तानले नागरिकताविहीन हुनुपर्ने अवस्था पनि हटेको छ ।


Facebook Comments