मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द हुने
मेयरसाप डेस्क
|
२०८२ असोज ६ गते ०९:०३
काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि १ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला पुल नजिक खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनःसडक बन्द गरिएको थियो ।
आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् ।
Facebook Comments