सिन्धुलीको न्यू कालिका पाउरोटी उद्योगबाट उत्पादित बर्फिमा भेटियो बोराको धागो
मेयरसाप डेस्क
|
२०८२ असोज ६ गते १०:३८
सिन्धुली । सिन्धुलीमा रहेको न्यू कालिका पाउरोटी उद्योगबाट उत्पादित बर्फि खाँदा बोराको धागो जस्तो अखाद्य वस्तु भेटिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १ मा रहेको कोशेली डेरीमा बेच्न राखिएको न्यू कालिका पाउरोटी उद्योगको बर्फिमा उक्त वस्तु भेटिएको हो ।
अखाद्य वस्तु भेटिएपछि उद्योग सञ्चालकलाई उपभोक्ता स्वयमले यस बारेमा सोध्दा कहिलेकाँही पर्न सक्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् ।
नगरपालिकालाई यस बारेमा उपभोक्ताले खबर गरेपछि नगरपालिकाका पशु शाखा प्रमुख डा.रोशन कोइराला र नगर प्रहरी अनुगमनका लागि डेरीमा पुगेका थिए । अनुगमनका क्रममा समेत उक्त बर्फिमा बोराको रेसा भेटिएको प्रमुख कोइरालाले मेयरसाप डटकमलाई जानकारी गराए ।
उनले आज सार्वजनिक बिदा भएकाले भोलि उद्योगमै गएर अनुगमन गर्ने र कार्बाहीबारे प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिए ।
Facebook Comments