झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ-त्यु
मेयरसाप डेस्क
|
२०८२ असोज ६ गते ०५:४२
झापा । झापाको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
बिहान करिब ९ बजे आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी सोही नगरपालिका–५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि खरखरे आम्दा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय निराजन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments