प्राधिकरणले भन्यो– ‘जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवन प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु’

User Image मेयरसाप डेस्क | २०८२ असोज ६ गते १४:१३
Image of https://mayorsap.com/storage/photos/10/68d16e556daac.jpg

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ । 

प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण बिनै रंगरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिए।

उनले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्यांकन नगरी रंगरोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताए । प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्यांकन नगरी रंग रोगनसमेत नगर्नु/नगराउनु हुन आग्रह गर्दछौँ ।”

प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छभने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ । 

प्राधिकरणले क्षतिको मूल्यांकनका लागि प्रारुप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ ।  


Facebook Comments