मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा
मेयरसाप डेस्क
|
२०८२ असोज ७ गते १८:५६
काठमाडौं । तुइन खोला नजिक पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सोमवार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकाले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ ।
सवारी चालकले सवारी साधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समे समस्या परेको कार्यालयले जनाएको छ ।
Facebook Comments