भक्तपुरमा झागडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमण
मेयरसाप डेस्क
|
२०८२ असोज ७ गते २०:०४
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेमा झगडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमण भएको छ ।नगरपालिकाको कार्यालय नजिकै सोमवार राति झगडा भएपछि पुगेका प्रहरीमाथि झगडा गर्ने समूहले नै आक्रमण गरेको हो ।
झागडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए। झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगेका थिए ।
प्रहरीमाथि नै झगडा गर्ने समूहले आक्रमण गर्दा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन्। प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले घटनास्थलबाटै एक जना र पछि अन्य दुई जनालाई पक्राउ समेत गरेको छ ।
उनीहरु माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
Facebook Comments