तुइन खोलामा फेरि खस्यो पहिरो, सडक भासिने जोखिमका कारण सवारी साधनलाई फर्किन आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज ७ गते ०५:१७
Image of https://mayorsap.com/storage/photos/10/pahiro-1753254566.jpg

काठमाडौं। तुइन खोलामा फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । आज दिउँसो करिब साढे ३ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । 

पहिरो खस्ने काम निरन्तर रहेकाले तत्काल पहिरो पन्छाउन समेत समस्या भएको प्रहरीले जनाएको छ । तुइनखोलामा  शुक्रबार साझदेखि नै निरन्तर पहिरो खसिरहेको छ । शुक्रबारको पहिरो पन्छाएर आज केही बेर सवारी साधन सञ्चालन भएपनि फेरि पहिरो गएकाले सडक पूर्ण रुपमा  अवरुद्ध भएको छ ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने  जोखिम रहेकोले प्रहरीले सवारी साधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । 


Facebook Comments