देशभर करिब ५ हजार जनामा डेंगी संक्रमण

User Image मेयरसाप डेस्क | २०८२ असोज ७ गते ०८:०४
Image of https://mayorsap.com/storage/photos/10/dengue.jpg

काठमाडौं । डेंगीको सङ्क्रमण ५ हजारको नजिक पुगेको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले ४ हजार ८ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । 

उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म २ जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुने बताए ।  

तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७०  र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।  


Facebook Comments