शान्ति सुरक्षामा सम्झौता हुँदैन : प्रहरी उपरीक्षक कटुवाल

User Image मेयरसाप डेस्क | २०८२ असोज ८ गते २०:१३
Image of https://mayorsap.com/storage/photos/10/68d390f322648.jpg

विराटनगर । मोरङका नवनियुक्त प्रहरी उपरीक्षक कवित कटुवालले जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने सवालमा कुनै पनि पक्षसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

मोरङमा सरुवा भएपछि सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले जिल्लाबासीको जीउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चोरी, डकैती, तस्करी र अन्य आपराधिक क्रियाकलापलाई पूर्ण रूपमा नियन्त्रण गर्ने र कानुन हातमा लिने प्रयास गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउने बताए ।

प्रहरी उपरीक्षक कटुवालले विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने विश्वास दिलाए । उनले देश र जनताको हितमा अहोरात्र खटिने प्रहरीलाई सहयोग गर्न सञ्चारकर्मी र सम्पूर्ण जिल्लाबासीसँग अनुरोध पनि गरे ।


Facebook Comments