पहिरोले अवरुद्ध तातोपानी नाका एक महिनापछि सञ्चालनमा

User Image मेयरसाप डेस्क | २०८२ असोज ८ गते २३:५५
Image of https://mayorsap.com/storage/photos/10/68d39b9c8c615.jpg

सिन्धुपाल्चोक । पहिरोका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको तातोपानी–कोदारी राजमार्ग पुनः सञ्चालनमा आएको छ । 

राजमार्ग खुलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी नाका बाट सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन् ।

कोदारी सडकखण्डको इको, डाक्लाङ, पान्थली, लार्चे र घट्टेखोला गरी पाँच स्थानमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । विभिन्न स्थानमा गरी झन्डै ५०० मिटर सडक भासिएको थियो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार, दसैँ लक्षित सामग्री बोकेका केही कन्टेनर मंगलबार बेलुकासम्म भित्रिएका छन् र आज पनि लोडिङको काम भइरहेको छ ।

सडकको अवस्था बुझ्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सहितको उच्चस्तरीय टोली सोमबार घटनास्थल पुगेको थियो ।


Facebook Comments