भारतकाे लद्दाखमा विशाल प्रदर्शन, भाजपा कार्यालयमा आगजनी
मेयरसाप डेस्क
|
२०८२ असोज ८ गते १०:३४
काठमाडौं । भारत सरकारले केन्द्र शासित क्षेत्र बनाएको लद्दाखमा युवा आन्दोलन चर्किएको छ ।
लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रेका युवाले लेह हिल काउन्सिलको भवनमा तोडफोड गर्नुका साथै भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् ।
झन्डै दुई सातादेखि अनशनमा बसेका पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङचुकको समर्थनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए ।
प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन नसकेपछि लेह र लद्दाखको अवस्था तनावग्रस्त बनेको छ ।
आन्दोलन हिंसात्मक बन्दै गएपछि वाङचुकले सबै युवालाई हिंसाको बाटो नअपनाउन आह्वान गरेका छन् ।
Facebook Comments