काठमाडौंमा अविरल वर्षा, उपत्यकाका नदीहरूमा बाढीको खतरा
मेयरसाप डेस्क
|
२०८२ असोज ८ गते १२:४४
काठमाडौं । आज दिउँसोदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आएको छ । वागमती, धोबीखोला, बल्खु खोला र विष्णुमती लगायतका अधिकांश नदीहरूको जलस्तर बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले वर्षा जारी रहेमा आज साँझसम्म नदीहरूको जल सतहले खतराको तह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण असोज महिनामा अत्यधिक वर्षा हुने क्रम बढेको छ । गत वर्षको असोज ११ र १२ गते आएको बाढीले काठमाडौंमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
Facebook Comments